ग्लोबल छनोटमा नेपालको दोस्रो परीक्षा, नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले टस जित्दै नेपाललाई पहिले बलिङको निम्तो दिएकी हुन्।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। नेदरल्यान्ड्स भने जिम्बाबे र स्कटल्यान्डलाई पराजित गर्दै लयमा देखिएको छ।
आजको खेलमा नेपालले पहिलो खेलको टिम संयोजनमै निरन्तरता दिएको छ।
नेपालको प्लेइङ–११ मा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ र कविता जोशी रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस