Techie IT
२०८२ चैत्र ७, शनिबार

च्याम्पियन्स लिगमा लिभरपुलको दबदबा, मार्सेमाथि ३–० को सहज जित


इंग्लिस क्लब लिभरपुलले युईएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार फ्रेन्च क्लब मार्सेविरुद्ध ३–० को सहज जित निकालेको छ।

भेलोड्रोम रंगशालामा सम्पन्न खेलमा पाहुना टोली लिभरपुललाई जित दिलाउन डोमिनिक स्जोबोस्लाइ र कोडी गाक्पोले एक–एक गोल गरे भने एक गोल आत्मघाती उपहारका रूपमा प्राप्त भयो।

पहिलो हाफको इन्जुरी समयमा स्जोबोस्लाइले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ७२औँ मिनेटमा मार्सेका गोलकिपर जेरोनिमो रुलीबाट आत्मघाती गोल हुँदा लिभरपुलको अग्रता दोब्बर भयो। खेलको इन्जुरी समयमा गाक्पोले तेस्रो गोल गर्दै लिभरपुलको जित पक्का गरे।

यस जितसँगै ७ खेलबाट १५ अंक जोडेको लिभरपुल अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। पराजित मार्से भने समान खेलबाट ९ अंकका साथ १९औँ स्थानमा छ।

बुधबार सम्पन्न अन्य खेलमा काराबाग एफकेले आइन्ट्राक्ट फ्रान्कफर्टलाई ३–२ ले हरायो। एथ्लेटिक क्लब बिल्बाओले एटलान्टालाई ३–२, न्युक्यासल युनाइटेडले पीएसभीलाई ३–०, बार्सिलोनाले स्लाभिया प्रागलाई ४–२, बायर्न म्युनिखले रोयल युनियन सेन्ट–गिलोइसलाई २–०, युभेन्टसले बेन्फिकालाई २–० र चेल्सीले पाफोसलाई १–० ले पराजित गरे।
यसैगरी एथ्लेटिको मड्रिड र गालातासरेबीचको खेल १–१ को बराबरीमा टुंगिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट