Techie IT
२०८२ माघ १९, सोमबार

भारतसँग नखेल्ने पाकिस्तानको निर्णयमा आइसीसीको कडा आपत्ति, पुनर्विचार गर्न आग्रह


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आइसीसी पुरुष टी–२० विश्वकप २०२६ मा भारतविरुद्धको खेल नखेल्ने पाकिस्तान सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। 

पाकिस्तान सरकारले आफ्नो राष्ट्रिय टोलीलाई प्रतियोगितामा सहभागी हुन अनुमति दिए पनि फेब्रुअरी १५ मा तय भएको भारतविरुद्धको खेलमा मैदानमा नउत्रने निर्णय गरेको थियो।

यसलाई ‘छनोटमूलक सहभागिता’ भन्दै आइसीसीले यस्तो कदम विश्वव्यापी खेलकुद प्रतियोगिताको आधारभूत सिद्धान्तसँग मेल नखाने बताएको छ। आइसीसीको आधिकारिक विज्ञप्तिमा भनिएको छ, “आइसीसीले पाकिस्तान सरकारको निर्णयलाई ध्यानमा राखेको छ, जसअनुसार राष्ट्रिय टोलीलाई आइसीसी पुरुष टी–२० विश्वकप २०२६ मा छनोटमूलक रूपमा सहभागी गराउने निर्देशन दिइएको छ।”

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट औपचारिक धारणा आउन बाँकी रहे पनि आइसीसीले यो निर्णयले योग्य टोलीहरूले निर्धारित तालिकाअनुसार समान आधारमा प्रतिस्पर्धा गर्ने विश्वकपको मूल भावनालाई कमजोर बनाउने उल्लेख गरेको छ।

आइसीसीका अनुसार उसका प्रतियोगिताहरू खेलको अखण्डता, प्रतिस्पर्धात्मकता, निरन्तरता र निष्पक्षतामा आधारित हुन्छन्।

“चयनात्मक सहभागिताले प्रतियोगिताको भावना र पवित्रतालाई क्षति पुर्‍याउँछ,” विज्ञप्तिमा भनिएको छ।

सरकारहरूको राष्ट्रिय नीतिप्रति सम्मान रहेको उल्लेख गर्दै आइसीसीले यस्तो निर्णय विश्व क्रिकेट र विश्वभरका लाखौँ समर्थकहरू पाकिस्तानका प्रशंसकसमेतको हितमा नरहेको जनाएको छ। यसले पाकिस्तान क्रिकेटमा दीर्घकालीन असर पर्नसक्ने र समग्र विश्व क्रिकेट प्रणालीमा नकारात्मक प्रभाव पर्ने चेतावनीसमेत दिइएको छ।

आइसीसीले निर्णयमा पुनर्विचार गर्न पाकिस्तान सरकारलाई आग्रह गरेको छ। आइसीसीको प्राथमिकता सफलतापूर्वक आइसीसी पुरुष टी–२० विश्वकप आयोजना गर्नु हो, जसमा सबै सदस्य राष्ट्र पीसीबीसमेतको साझा जिम्मेवारी छ। आइसीसीले सबै सरोकारवालाको हित सुरक्षित रहने गरी सहमतिमूलक समाधान खोज्ने अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट