वार्मअपमा नेपालको दबदबा, यूएईलाई ७ विकेटले हरायो
आईसीसी टी–२० विश्वकपको वार्मअप खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ। भारतको एमए चिदम्बरम स्टेडियममा यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा तीन विकेट गुमाएर सहजै पूरा गर्यो।
नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी गर्दै टोलीलाई विजयतर्फ डो¥याए। आरिफ ६१ रन र दीपेन्द्र ५० रनमा अविजित रहेका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा छ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन जोडेका थिए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान दुई–दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट झारेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस