Techie IT
२०८२ माघ २५, आइतबार

इंग्ल्याण्डविरुद्ध दीपेन्द्रको चौथो विकेट


आइसिसी टी–२० विश्वकप अन्तर्गत इंग्ल्याण्डविरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चौथो सफलता दिलाएका हुन्। उनले १३.४ ओभरमा इंग्ल्याण्डका जेकब बेथेललाई लोकेश बमबाट क्याच गराउँदै पवेलियन फर्काए। बेथेलले आउट हुनुअघि ३५ बलमा ५५ रन बनाए।

यसअघि नेपालका सन्दीप लामिछानेले छैटौँ ओभरको पहिलो बलमा टम ब्यान्टनलाई एलबिडब्लु धरापमा पार्दै तेस्रो विकेट लिएका थिए।

त्यसअघि ४.३ ओभरमा नन्दन यादवले इंग्ल्याण्डका कप्तान जोस बट्लरलाई विकेटकिपर आशिफ शेखमार्फत क्याचआउट गराउँदै दोस्रो विकेट दिलाएका थिए।

यसअघि दोस्रो ओभरको पहिलो बलमा शेर मल्लले ओपनर फिल सल्टलाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट