Techie IT
२०८२ फागुन ४, सोमबार

इटालीमाथि २४ रनको शानदार जित निकाल्दै इंग्ल्यान्ड सुपर एटमा


इंग्ल्यान्डले भारत र श्रीलंकामा संयुक्त रूपमा जारी टी–२० विश्वकपमा सुपर एट चरणमा स्थान सुरक्षित गरेको छ। समूह चरणको अन्तिम खेलमा इटालीलाई २४ रनले पराजित गर्दै इंग्ल्यान्डले सुपर एटको टिकट काटेको हो।

समूह ‘सी’ मा इंग्ल्यान्डले चार खेलमध्ये तीन जितसहित ६ अंक जोड्दै दोस्रो चरणमा प्रवेश गरेको छ। यस समूहबाट वेस्टइन्डिज यसअघि नै सुपर एटमा पुगिसकेको थियो। नेपाल, स्कटल्यान्ड र इटाली भने समूह चरणबाटै बाहिरिएका छन्।

इंग्ल्यान्डले दिएको २०३ रनको लक्ष्य पछ्याएको इटाली २० ओभरमा १७८ रनमै अलआउट भयो। इटालीका बेन मनेन्टीले २५ बलमा ६० रनको विस्फोटक पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ६ छक्का र ४ चौका प्रहार गरेका थिए।

ग्रान्ट स्टवार्टले पनि २३ बलमा ४५ रन जोड्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरे। उनले १७औँ ओभरमा आदिल राशिदविरुद्ध लगातार तीन छक्का प्रहार गर्दै दबाब घटाएका थिए। तर १८औँ ओभरको अन्तिम बलमा साम करनले उनको विकेट लिएपछि इटाली दबाबमा परेको थियो। जस्टिन मोस्काले ४३ रनको योगदान दिए।

इंग्ल्यान्डका साम करन र जेमी ओभर्टनले समान तीन–तीन विकेट लिए। जोफ्रा आर्चरले दुई विकेट झारे भने विल ज्याक्स र आदिल राशिदले एक–एक सफलता हात पारेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट