Techie IT
२०८२ चैत्र १७, मंगलबार

आईपीएलमा राजस्थानको धमाकेदार सुरुआत: चेन्नई ८ विकेटले पराजित


इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत तेस्रो खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै नयाँ सिजनमा शानदार सुरुआत गरेको छ।

बारसपारा क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा चेन्नईले दिएको १२८ रनको लक्ष्य राजस्थानले मात्र १२.१ ओभरमा २ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो।

पहिले ब्याटिङ गरेको चेन्नई सुरुदेखि नै दबाबमा रह्यो। कप्तान ऋतुराज गायकवाड र सञ्जु सामसनले ६–६ रनमै आउट भएका थिए। आयुष म्हात्रे शून्यमा आउट हुँदा म्याथ्यू शर्टले मात्र २ रन जोड्न सकेका थिए ।

पूरै टोली १९.४ ओभरमा १२७ रनमै समेटियो। जेमी ओभरटनले ४३ रन बनाउँदै केही प्रतिरोध गरे भने सरफराज खान (१७) र कार्तिक शर्मा (१८) ले सामान्य योगदान दिए।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजाले २–२ विकेट लिए। जडेजाले एकै ओभरमा दुई विकेट लिँदै खेलको दिशा मोड्न सफल भएका थिए ।

जवाफमा राजस्थानका ओपनर वैभव सूर्यवंशी र यशस्वी जैसवालले पहिलो विकेटका लागि ७५ रनको विस्फोटक साझेदारी गरे।

वैभवले मात्र १७ बलमा ५२ रन (४ चौका, ५ छक्का) प्रहार गर्दै खेल एकतर्फी बनाए। यशस्वीले ३८ रनमा अविजित रहँदा ध्रुव जुरेलले १८ रन र कप्तान रियान परागले १४ रन जोड्दै टोलीलाई सहज जित दिलाए। चेन्नईका लागि दुवै विकेट अंशुल कम्बोजले लिए।

आज साँझ पन्जाब किङ्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट