Techie IT
२०८३ वैशाख ११, शुक्रबार

होराइजनको २०९ रनको ऐतिहासिक जित, सिव्रिनको ५ विकेटमा तहसनहस


रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबार सम्पन्न खेलहरूमा होराइजन स्पोर्ट्स क्लब र लुम्बिनी खुकुरी क्लबले उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली जित दर्ता गरेका छन्। पहिलो खेलमा होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २०९ रनको विशाल अन्तरले पराजित गर्‍यो भने दोस्रो खेलमा लुम्बिनी खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको सहज जित निकाल्यो।

टस जितेर पहिले ब्याटिङ रोजेको होराइजनले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २४८ रनको विशाल योगफल खडा गर्‍यो। उसका लागि ड्रस सुनारले ६६ रनको विस्फोटक इनिङ्स खेले भने अमर मिश्राले ५३ रन जोडे। दिलसाद अली (३१) र आरिफ खान (१६) ले पनि महत्वपूर्ण योगदान दिए। डिभाइनका सुधिर श्रेष्ठले ३ विकेट लिए पनि अन्य बलर महँगा सावित भए।

२४९ रनको लक्ष्य पछ्याएको डिभाइन सुरुदेखि नै दबाबमा देखियो र १३.४ ओभरमा मात्र ३९ रन बनाउँदै अलआउट भयो। होराइजनका सिव्रिन श्रेष्ठले घातक बलिङ गर्दै ५ विकेट लिएपछि विपक्षी टोली पूर्ण रूपमा धराशायी बन्यो। उत्कृष्ट प्रदर्शनका लागि सिव्रिन ‘प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो खेलमा लुम्बिनी खुकुरी क्लबले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो। निश्चल चौधरीले ३६ रन बनाउँदा दुर्गेश गुप्ताले २० रनको योगदान दिए। सैनामैनाका यदु यादव र विशाल भुसालले समान ३–३ विकेट लिए।

१२८ रनको लक्ष्य पछ्याएको सैनामैना क्रिकेट क्लब १३.५ ओभरमा ७५ रनमै समेटियो। खुकुरीका बैतुल्लाह खान र उत्कर्ष यादवले ३–३ विकेट लिँदै विपक्षीको ब्याटिङ लाइनअप ध्वस्त पारे। उत्कृष्ट बलिङ प्रदर्शनका लागि बैतुल्लाह खान ‘प्लेयर अफ द म्याच’ घोषित भए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट