Techie IT
२०८३ असार ९, मंगलबार

ऐरीको शानदार अर्धशतक, यूएईविरुद्ध नेपालको संघर्षपूर्ण इनिङ्स


दीपेन्द्र सिंह ऐरीले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले ५९ बलमा अर्धशतक पूरा गरेका हुन्। ऐरीले आफ्नो इनिङ्समा ४ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई मजबुत बनाउने प्रयास गरेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो छैटौं अर्धशतक हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले समाचार तयार पार्दासम्म ३४.१ ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट