Techie IT
२०८३ वैशाख २०, आइतबार

ओमानमाथि यूएईको आक्रामक ब्याटिङ, ३०९ लक्ष्य प्रस्तुत


आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई क्रिकेट टिम र ओमान क्रिकेट टिम बीच कीर्तिपुरस्थित टियु क्रिकेट मैदान मा प्रतिस्पर्धा भइरहेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले वर्षाका कारण ४७ ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाउँदै ३०८ रन बनायो र ओमानसामु ३०९ रनको चुनौती प्रस्तुत गरेको छ ।

यूएईका चार ब्याट्सम्यानले उत्कृष्ट अर्धशतक प्रहार गरे। हरप्रित सिंह ले ७७, मुहम्मद शाहदाद ले ७४, अजीव उस्मानी ले ७० र आर्यान्श शर्मा ले ५० रन बनाए। अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न सकेनन्।

बलिङतर्फ ओमान क्रिकेट टिम का मुहम्मद इमरान ले तीन विकेट लिए भने नदीम खान ले दुई विकेट हात पारे। यस्तै आर्यान बिष्ट र शकिल अहमद ले एक–एक विकेट लिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट