Techie IT
२०८३ भाद्र २६, शुक्रबार

आरिफको छक्का वर्षामा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य


आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनायो। ओपनर आसिफ शेखले ९४ रनको सानदार पारी खेले भने आरिफ शेख ले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै २४ बलमा ४३ रन जोड्दै टोलीको स्कोर २५० पार गराए।

यस्तै अर्जुन कुमालले ४८ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले ३३ रन जोडे। गुलशन झाले १७ रन बनाएका थिए। रोहित पौडेल ९ रनमै आउट हुँदा नन्दन यादव ले २ रन मात्र जोड्न सके। सन्दीप लामिछाने १ रनमा रनआउट भए।

विनोद भण्डारी र करण केसी भने खाता खोल्न असफल रहे।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट