Techie IT
२०८३ जेष्ठ २३, शनिबार

६०० बाँदर मारेको स्वीकारोक्तिपछि सांसद राईविरुद्ध उजुरी


६ सय वटा बाँदर मारेको स्वीकार गरेको भन्दै प्रतिनिधिसभा सांसद ध्रुवराज राईविरुद्ध प्रहरीमा उजुरी हालिएको छ । 

ललितपुरस्थित स्नेहाज केयरका ४० वर्षीय रूपक कोइरालाले राईविरुद्ध जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका हुन् ।

जाहेरीमा भोजपुर टेम्केमैयुङ गाउँपालिका अध्यक्ष हुँदा ‘६०० वटा बाँदर मारेको भनी एक अन्तर्वार्तामा स्वीकार गरेको’ ले राईमाथि सोही भिडिओ प्रमाण र प्रत्यक्षदर्शीको बयानको आधारमा कारबाही अघि बढाउन भनिएको छ । जाहेरीकर्ता कोइरालाले राईको उक्त कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनविपरीत भएको भन्दै कडा कारबाहीको माग गरेका छन् । उक्त कानुनी प्रावधान अनुसार अन्य वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई १ लाख रूपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको जाहेरीमा जिकिर गरिएको छ ।

यसैबीच भोजपुरका डीएसपी राजु लामाले कानून नै नबुझी हचुवाको भरमा उजुरी हालिएकाले दर्ता नगरेको बताएका छन्  ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट