Techie IT
२०८३ जेष्ठ २५, सोमबार

एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपाललाई


एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपालले जितेको छ। सिंगापुरस्थित इन्डियन एशोसिएशन ग्राउन्डमा भएको फाइनल खेलमा हङकङलाई ‘डिएलएस मेथड’ (DLS) का आधारमा १९ रनले पराजित गर्दै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।

हङकङले दिएको १८९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले वर्षाले खेल रोकिनुअघि ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको थियो। वर्षाका कारण अगाडिको खेल सम्भव नभएपछि डिएलएस पद्दतिका आधारमा नेपाललाई विजयी घोषित गरिएको हो ।

नेपालको जितमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे। उनले ४० बलमा ८ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ६५ रनको योगदान दिएकका थिए । त्यस्तै, कप्तान रोहित पौडेल २४ बलमा ३५ रन बनाउँदै नटआउट रहे। बलिङतर्फ हङकङका आयुष शुक्ला र मोहम्मद घजानफारले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनको बलियो योगफल खडा गरेको थियो। उसका लागि अंशुमान रथले सर्वाधिक ८० रनको अर्धशतकीय पारी खेले। यस्तै शाहिद वसिफले ५५ र शिव माथुरले २६ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

हङकङलाई रोक्ने क्रममा नेपालका स्पिनर शेर मल्लले घातक बलिङ गर्दै ४ विकेट लिए। यस्तै करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट झारे।

प्रतियोगिताको समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट हङकङ र ओमान यसअघि नै एसियन गेम्सका लागि छनोट भइसकेका छन्। मुख्य प्रतियोगिता आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट