Techie IT
२०८३ असार २, मंगलबार

हारको मुखबाट जोगियो बेल्जियम


बलियो टोली बेल्जियम फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै स्तब्ध हुनबाट जोगिएको छ। विपक्षी टोलीको आत्मघाती गोलको सहारामा बेल्जियमले इजिप्टसँग १–१ को सङ्घर्षपूर्ण बराबरी खेल्दै अङ्क बाँडेको हो।

सिएटल रङ्गशालामा भएको रोमान्चक खेलको १९औँ मिनेटमा इजिप्टका इमाम आशौरले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको बेल्जियमले खेलमा फर्कन निकै सङ्घर्ष गर्नुपरेको थियो।

तर, खेलको ६६औँ मिनेटमा इजिप्टका मोहम्मद हानीले बल क्लियर गर्ने क्रममा आफ्नै गोलपोस्टमा आत्मघाती गोल गर्न पुगे। त्यही एउटा गल्ती इजिप्टका लागि महँगो साबित भयो र बेल्जियम खेलमा फर्कियो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन।

यो बराबरीसँगै समूह ‘जी’ मा रहेका बेल्जियम र इजिप्टले समान १–१ अङ्क बाँडेका छन्। यसै समूहमा रहेका इरान र न्युजिल्यान्डबीचको खेल हुन भने बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट