Techie IT
२०८३ भाद्र २६, शुक्रबार

कोलम्बियाको सानदार सुरुवात, उज्बेकिस्तानलाई हराउँदै विश्वकपमा विजयी यात्रा


फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्बेकिस्तानमाथि ३–१ गोलको सहज जित दर्ता गरेको छ।

नेपाली समयअनुसार बिहीबार बिहान मेक्सिको सिटी रङ्गशालामा भएको रोमाञ्चक खेलमा कोलम्बियालाई जिताउन डेनियल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले समान एक-एक गोल गरे। उज्बेकिस्तानका लागि अबोस्बेक फैजुल्लाएभले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेलको ४०औँ मिनेटमा डेनियल मुनोजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेको कोलम्बियाविरुद्ध दोस्रो हाफमा उज्बेकिस्तानले पुनरागमनको प्रयास गर्‍यो। खेलको ६०औँ मिनेटमा उज्बेकिस्तानका अबोस्बेक फैजुल्लाएभले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

तर, उज्बेकिस्तानको त्यो खुसी धेरै बेर टिक्न पाएन। बराबरी भएको पाँच मिनेटमै अर्थात् ६५औँ मिनेटमा कोलम्बियाका स्टार स्ट्राइकर लुइस डियाजले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। खेलको इन्जुरी समयमा जामिन्टन क्याम्पाजले अर्को एक गोल थपेपछि कोलम्बियाले ३–१ को जित सुनिश्चित गरेको हो ।

यो जितसँगै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ। यसअघि बुधबार राति भएको सोही समूहको अर्को खेलमा पोर्चुगल र डीआर कङ्गोले बराबरी खेल्दै अङ्क बाँडेका थिए, जसको सीधा फाइदा कोलम्बियालाई पुगेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट