Techie IT
२०८३ भाद्र २६, शुक्रबार

अष्ट्रेलियामाथि अमेरिकाको शानदार जित


काठमाडौं । घरेलु टोली अमेरिकाले फिफा विश्वकप फुटबल–२०२६ मा लगातार दोस्रो जित निकाल्दै राउन्ड अफ ३२ मा स्थान सुरक्षित गरेको छ।

सिएटल स्टेडियममा सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा अमेरिकाले अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो।

खेलको ११औँ मिनेटमै अमेरिकाले आत्मघाती गोलको उपहार पायो। अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले बल क्लियर गर्ने प्रयास गर्दा आफ्नै गोलपोस्टमा गोल हुन पुगेपछि अमेरिका सुरुआतमै अग्रता लिन सफल भयो।

पहिलो हाफ सकिनुअघि ४३औँ मिनेटमा एलेक्स फ्रीम्यानले उत्कृष्ट गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा अमेरिका २–० को सहज जित निकाल्न सफल भयो।

विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो।

यो नतिजासँगै समूह ‘डी’ मा रहेको अमेरिकाले दुई खेलबाट शतप्रतिशत ६ अंक जोड्दै नकआउट चरणको यात्रा तय गरेको छ। पराजित अष्ट्रेलिया भने ३ अंकसहित दोस्रो स्थानमा रहेको छ।

लगातार प्रभावशाली प्रदर्शन गरिरहेको अमेरिका यस विश्वकपमा उपाधि दाबेदार टोलीका रूपमा पनि उभिन थालेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट