अर्जेन्टिनाविरुद्ध केप भर्डेले फर्काए बराबरी गोल
फिफा विश्वकपअन्तर्गत मियामी स्टेडियममा जारी रोमाञ्चक भिडन्तमा केप भर्डेले साविक विजेता अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएको छ।
खेलको ५९औँ मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै केप भर्डेले खेललाई १–१ को बराबरी स्थितिमा ल्याएको हो। रायन मेन्डेसको सटिक पासलाई सदुपयोग गर्दै डेरोय डुआर्टेले आकर्षक गोल गरेर अर्जेन्टिनाको अग्रता भत्काएका हुन्।
यसअघि खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। यस गोलसँगै महान् फुटबलर मेसीको फिफा विश्वकपमा व्यक्तिगत २०औँ गोल पूरा भएको छ। पहिलो हाफसम्म मेसीकै गोलको मद्दतले अर्जेन्टिना १–० ले अगाडि रहे पनि दोस्रो हाफमा केप भर्डेले आक्रामक कमब्याक गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस