नेपाल भलिबल लिग : सगरमाथा स्म्यासर्सको विजयी सुरुआत
सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा विजयी सुरुआत गरेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियर्सलाई ३–१ को सेटमा पराजित गरेको हो।
सुरुआती दुई सेट २५–२१ र २५–२१ ले आफ्नो पक्षमा पारेको सगरमाथाले निकै रोमाञ्चक बनेको तेस्रो सेट भने २३–२५ ले गुमाउन पुग्यो। त्यसपछि चौथो सेटमा पुनरागमन गर्दै सगरमाथाले २५–१५ को सहज जित निकालेर खेल आफ्नो नाममा पार्यो।
यो जितसँगै सगरमाथाले ३ अङ्क जोडेको छ भने मधेसले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। लिग अन्तर्गत शनिबार हुने आगामी खेलहरूमा सगरमाथाले खप्तड फाल्कोन्ससँग र मधेसले काठमाडौं रेड्ससँग प्रतिस्पर्धा गर्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस