Techie IT
२०८२ वैशाख २२, सोमबार

किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरलाई


भक्तपुर । पहिलोपटक भक्तपुरमा आयोजना भएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरले जितेको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिले आयोजना गरेको दुईदिने प्रतियोगितामा ३ स्वर्ण र ४ रजत पदकसहित भक्तपुरले उपाधि हात पारेको हो ।

प्रतियोगितामा २ स्वर्णसहित टिम द्वितीय भएको छ भने १ स्वर्ण २ रजतसहित फाइट क्लब तेस्रो भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी महिलातर्फ अस्मिता दोङ तामाङ र पुरुषतर्फ सुनिम श्रेष्ठ घोषित भए । महिला र पुरुष गरी ११ तौल समूहमा खेल खेलाइएको थियो । प्रतियोगितामा दुई प्रो फाइटमा शिरिश भुजु र प्रवीण मोक्तान प्रथम भए भने विशाल शाही र सुजित गुरुङ दोस्रो भए ।

त्यसैगरी, ५१ किलो पुरुषतर्फ सञ्जु सुब्बाले स्वर्ण पदक, अभिनव थापाले रजत तथा संयोग राई र कुशल लामाले कास्य पदक पाए । यस्तै ५४ किलो पुरुषतर्फ आशिक कोलीले स्वर्ण, जगदीश विश्वकर्माले रजत तथा तीर्थ तामाङ र सञ्जय तामाङले कास्य पदक पाए । प्रतियोगितामा ५७ किलोतर्फ विबद्र राईले स्वर्ण, ज्ञानधोज गोलेले रजत तथा सञ्जय लामा र सिसिर सुनारले कास्य पदक हात पारे । यस्तै ६३.५ किलोमा अर्जुन केसीले स्वर्ण, सुजु शाहीले रजत तथा प्रज्जलरण पहेलीले र नरेन्द्र बोम्जनले कास्य पदक पाए ।

त्यसैगरी, ६७ किलोतर्फ शुनिम श्रेष्ठले स्वर्ण, अनिश पुजारीले रजत तथा लालबहादुर भण्डारीले कास्य पदक हासिल गरेका छन् भने ७५ किलोतर्फ अनिप देउलाले स्वर्ण, हार्दिक काइरालाले रजत र दीक्षन्त अधिकारीले कास्य पदक हासिल गरे । खुलातर्फ उपेश देउलाले स्वर्ण, सुदिनकुमार शाहले रजत तथा एरेण ठेबा र उत्तम स्यान्तुले कास्य पदक पाए ।

त्यसैगरी, महिलातर्फ ५२ किलो तौल समूहमा अस्मिता दोङले स्वर्ण, अनिशा मगरले रजत र अर्मिला थिङले कास्य, ६० किलोतर्फ चन्द्रकुमारी भुजेलले स्वर्ण र डोल्मा बोम्जनले रजत तथा ५७ किलो तौल महिलातर्फ बबिता कार्कीले स्वर्ण, मीनाकुमारी पाण्डेले रजत र प्रमिला थिङले कास्य पदक जिते । 
    
कार्यक्रमका सभापति नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष कृष्णराम जाकिबञ्जारले प्रतियोगितामा २० जिल्लाका खेलाडीको सहभागिता रहेको जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा मेडल विजेता खेलाडीलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले पुरस्कृत गरेका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट