Techie IT
२०८२ जेष्ठ ६, मंगलबार

नेपाल र थाइल्याण्डबीच उपाधि भिडन्त, नेपालको लक्ष्य इतिहास रच्ने


आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत 'सुपर थ्री' को अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच उपाधि भिडन्त हुँदैछ । विहान पौने ९ बजेदेखि थाइल्याण्डको तेरथाइ क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कप्तान इन्दु बर्माको कप्तानीमा नेपालले पहिलोपटक एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ । यद्यपि, आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्ने भएकाले दुवै टिम पूर्ण तयारीसहित मैदान उत्रिएका छन् ।

थाइल्याण्ड यस प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै आएको छ। समूह चरणमा दुई खेल जित्दै दुई खेल वर्षाले रद्द भएका थिए भने सुपर थ्री चरणमा यूएईलाई हराएको थियो । अर्कोतर्फ, नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा पराजित गरे पनि हङकङसँग हार व्यहोरेको थियो । तर, वर्षाले प्रभावित खेलहरूमध्ये नेपालको जित प्रतिशत उच्च रहेकाले सुपर थ्रीमा स्थान बनाएको थियो ।

नेपालकी कप्तान इन्दु बर्माले उपाधि जित्ने आत्मविश्वास व्यक्त गर्दै भनिन्, “अब हामीसँग गुमाउने केही छैन, त्यसैले सम्पूर्ण ऊर्जा र पोजिटिभ सोचसहित खेल्नेछौं ।”

यद्यपि, महिला टी-२० अन्तर्राष्ट्रियमा नेपालले अहिलेसम्म थाइल्याण्डलाई हराउन सकेको छैन । आजको खेलमा इतिहास बदल्ने अवसरसहित नेपाली टोली मैदान उत्रिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट