Techie IT
२०८२ जेष्ठ ७, बुधबार

सचिनको कप्तानीमा यु–१६ क्रिकेट खेल्ने टोली घोषणा


बैतडी । एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनोट खेल्ने बैतडीको टोली घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले उक्त छनोट प्रतियोगिता खेल्नका लागि सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । 

टोलीमा उपकप्तान भाष्कर जोशी, अन्य सदस्यमा मुकेश चन्द, सन्तोष चन्द, विक्रम बोहरा, नीरज थापा, अमन विष्ट, विनोद भाट, नीरज भट्ट, कृष्ण बोहरा, अमर चन्द, दिनेश महरा, जयबहादुर नाथ र पङ्कज चन्द रहेका छन् ।

यस्तै, टेकराज जोशी, आकाश भण्डारी, सौरभ राना र निखिल टमटा वैकल्पिक खेलाडीका रूपमा छनोट भएका सङ्घका सचिव शिद्धराज बोगटीले जानकारी दिएका छन् ।

सङ्घले गत वैशाख २६ गतेदेखि यही जेठ २ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू टोलीमा समावेश भएका सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता यही जेठ ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा हुँदैछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र क्रिकेट सङ्घको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा आबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहनेछ ।

बैतडी जेठ ८ गते उद्घाटन खेलमा बझाङसँग भिड्नेछ । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समेटेर  प्रदेशको टोली तयार गरिनेछ ।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट