भारत–इंग्ल्याण्ड टेस्ट शृंखलाको डिजिटल प्रसारण अधिकार जिओ हटस्टारलाई

भारत र इंग्ल्याण्डबीच आगामी जुन २० बाट सुरु हुन लागेको ५ टेस्ट खेलको शृंखला अब जिओ हटस्टार मा डिजिटल रूपमा प्रसारण हुने भएको छ । क्रिकबजको रिपोर्ट अनुसार, जिओ र स्टार नेटवर्कले सोनी टिभीसँग एक महिनाका लागि सम्झौता गर्दै डिजिटल प्रसारण अधिकार प्राप्त गरेका हुन् ।
तर, टेलिभिजन अधिकार भने सोनी टिभीकै नाममा यथावत रहनेछ । यस अनुसार क्रिकेटप्रेमीहरूले टीभीमार्फत खेलहरू सोनी च्यानलमा हेर्न सक्नेछन् भने अनलाइन हेर्ने दर्शकहरूका लागि जिओ हटस्टार प्रमुख विकल्प हुनेछ ।
यस्तो छ शृंखला तालिका
भारत र इंग्ल्याण्डबीचको पहिलो टेस्ट खेल जुन २० बाट लिड्समा सुरु हुनेछ । बाँकी खेलहरू यस प्रकार रहनेछन्:
दोस्रो टेस्ट: जुलाई २ देखि बर्मिङ्घम
तेस्रो टेस्ट: जुलाई १० देखि लर्ड्स
चौथो टेस्ट: जुलाई २३ देखि म्यानचेस्टर
पाँचौं टेस्ट: जुलाई ३१ देखि अगस्ट ४ सम्म लन्डनको ओभलमा
जिओ हटस्टारले यसअघि आईपीएलको डिजिटल प्रसारण गर्दै राम्रो लोकप्रियता कमाएको थियो । अब इंग्ल्याण्डविरुद्धको टेस्ट शृंखला पनि ओटिटी प्लेटफर्ममा हेर्न सकिने भएपछि डिजिटल दर्शकहरूमा उत्साह थपिने देखिन्छ ।
यसैगरी, सम्झौता अस्थायी भए पनि यसको प्रभाव दीर्घकालीन हुन सक्ने संकेत देखिएको छ ।
गएको वर्ष इंग्ल्याण्ड क्रिकेट बोर्ड (ECB) ले सन २०३१ सम्मको लागि प्रसारण अधिकार सोनीलाई दिएको थियो । तर जिओ–स्टार र सोनीबीचको सहमति कायम गर्न ECB ले सक्रिय भूमिका खेलेको बताइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस