Techie IT
२०८३ असार २३, मंगलबार

बजेट विवादकै बीच सुदूरपश्चिम प्रदेशसभा बैठक अहिले ११ बजे बस्दै


आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत भएपछि उत्पन्न राजनीतिक गतिरोधका बीच सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। गत असार १ गते सरकारले बजेट प्रस्तुत गरेपछि सत्तासाझेदार दलहरूबीच नै तीव्र मतभेद हुँदा संसद्को बाँकी प्रक्रिया अगाडि बढ्न सकेको थिएन। बजेटमा कुरा नमिल्दा रोकिएको प्रदेशसभाको बैठक आज लामो समयपछि पहिलोपटक बस्न लागेको हो।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार आजको बैठकमा बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयक लगायतका प्रस्तावहरू टेबल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। सत्तारूढ दलहरूभित्रै बजेटलाई लिएर असन्तुष्टि चुलिएको अवस्थामा सरकारले यी विधेयकहरू सदनमा पेस गर्न लागेको हो।

बजेटसम्बन्धी अध्यादेश र विधेयकका अतिरिक्त आजको बैठकमा विभिन्न संवैधानिक निकायहरूको वार्षिक प्रतिवेदनसमेत पेस हुने कार्यसूची रहेको छ। सूचना अधिकारी जैसीका अनुसार महालेखापरीक्षकको कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेशी आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरिनेछ। बजेटलाई लिएर सत्तापक्षीय दलहरूबीचको आन्तरिक विवाद अझै पूर्ण रूपमा नसुल्झिएकाले आजको बैठक सहज रूपमा अगाडि बढ्छ वा अवरुद्ध हुन्छ भन्नेतर्फ सबैको चासो बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट