अमेरिकाको न्यूयोर्क र नेभाडामा गोलीबारी, पाँचको ज्यान मृत्यु , कैयौं घाइते

अमेरिकाका दुई फरक सहरहरूमा भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने अन्य कैयौं घाइते भएका छन्।
न्यूयोर्कको म्यानहट्टनस्थित मिडटाउन अफिस भवनमा मंगलबार बिहान गोलीबारी हुँदा दुई जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, हमलाकारी आफैं पनि प्रहरीको कारबाहीमा मारिएको छ। घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
न्यूयोर्क सिटीका मेयर एरिक एडम्सले सामाजिक सञ्जालमार्फत जनाउँदै भने, “मिडटाउन क्षेत्रमा सक्रिय शूटरको अनुसन्धान भइरहेको छ। त्यहाँ रहेका सबै नागरिकहरूलाई घरभित्रै बस्न र सतर्कता अपनाउन अनुरोध गरिएको छ।”
उता, नेभाडा राज्यको रेनो शहरमा रहेको एक क्यासिनो बाहिर सोमबार बिहान गोली चल्दा तीन जनाको ज्यान गएको छ र तीन जना घाइते भएका छन्। ‘न्यूयोर्क पोस्ट’का अनुसार घटना रेनोस्थित ग्रान्ड सिएरा रिसोर्टको भ्यालेट पार्किङ क्षेत्र नजिक बिहान ७:२५ बजे भएको हो।
प्रहरीको गोली लागेर घाइते भएका शंकास्पद आक्रमणकारीलाई नियन्त्रणमा लिएको र अस्पताल लगिएको बताइएको छ। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ। घटनास्थलमा एम्बुलेन्स र आपतकालीन सेवाका अन्य सवारी साधनहरू पनि सक्रिय थिए।
हाल दुबै घटनाबारे विस्तृत अनुसन्धान जारी छ भने अधिकारीहरूले सार्वजनिक स्थलमा अतिरिक्त सुरक्षा सतर्कता अपनाएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस