Techie IT
२०८२ कार्तिक २२, शनिबार

लगेजभित्र दुई वर्षीया बालिका भेटिएपछि महिला पक्राउ


न्यूजिल्याण्डको उत्तरी भागमा पर्ने काइवाका सहरमा बसको लगेज डिब्बामा दुई वर्षीया बालिका भेटिएपछि एक महिला पक्राउ परेकी छन्।

आइतबार भएको घटनाबारे जानकारी दिंदै प्रहरीले बस चालकले लगेज जाँच गर्ने क्रममा एक झोला अस्वाभाविक रूपमा हल्लिएको देखेपछि शंका उत्पन्न भएको बताएका थिए । सो झोला खोल्दा भित्र सानी बालिका फेला परेकी हुन् ।

प्रहरीका अनुसार २७ वर्षीया महिलालाई बालबालिकामाथि अमानवीय व्यवहार तथा लापरबाही गरेको अभियोगमा पक्राउ गरिएको छ। बालिका शारीरिक रूपमा सामान्य अवस्थामा रहेकी छिन् र थप स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

महिला र बालिकाबीचको सम्बन्ध भने हालसम्म खुलाइएको छैन। पक्राउ परेकी महिला सोमबार नर्थ शोर जिल्ला अदालतमा उपस्थित हुनेछिन्।

प्रहरीले घटनामा तत्काल ध्यान दिएर कदम चालेकोमा बस चालकको प्रशंसा गरेको छ। "यदि चालकले सजगता नदेखाएको भए, अवस्था गम्भीर हुन सक्थ्यो," प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट