Techie IT
२०८३ श्रावण ९, शनिबार

क्यानडामा कपिल शर्माको क्याफेमा फेरि गोलीबारी, घटनास्थलमा ६ बुलेट प्वाल


क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित कमेडियन कपिल शर्माको क्याफेमा पुनः गोलीबारी भएको छ। मिडिया रिपोर्ट अनुसार, बिहीबार बिहान ८५ एभिन्यू र स्कट रोडमा रहेको क्याफेको झ्यालमा कम्तिमा ६ बुलेट प्वाल देखिएको छ र सिसा फुटेको थियो।

लरेन्स ग्याङसँग सम्बन्धित गोल्डी ढिल्लनको एउटा पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले घटनाको जिम्मेवारी लिएका छन्। तर उक्त पोस्ट कुन प्लेटफर्ममा गरिएको हो भन्ने खुलाइएको छैन।

एक महिनाअघि पनि सोही क्याफेमा गोली चलेको थियो। त्यतिबेला आक्रमणकारीले ९ राउण्ड फायर गरेका थिए र खालिस्तानी आतंकवादी हरजीत सिंह लड्डीले जिम्मेवारी लिएका थिए।

हालको गोलीबारीबारे सरे प्रहरीले अहिलेसम्म आधिकारिक विवरण दिएको छैन। तर प्रहरी टोली घटनास्थलमा उपस्थित भएर अनुसन्धान गरिरहेको छ। स्थानीय बासिन्दा बब सिंहका अनुसार, उनले पाँच–छ वटा गोली चलेको आवाज सुनेका बताएका छन् ।

कपिल शर्माले तीन दिनअघि मात्र अघिल्लो गोलीकाण्डबारे पहिलो प्रतिक्रिया दिएका थिए । सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उनले सरेका मेयर ब्रेन्डा लोके र प्रहरीलाई धन्यवाद दिएका थिए । उनले हिंसाको विरोध गर्दै आफू र आफ्नो परिवार नडराउने तथा शान्ति र सुरक्षाको पक्षमा दृढ भएर उभिने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट