लिपुलेकबारे भारतको प्रतिक्रिया : ‘नेपालको दाबी स्वीकार्य छैन’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार लिपुलेकबारे नेपालले सार्वजनिक गरेको धारणाप्रति प्रतिक्रिया जनाएका छन् । उनले लिपुलेकलाई नेपाली भूमि भन्ने दाबी भारतका लागि स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।
प्रवक्ता जैसवालद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘भारतले नेपालको परराष्ट्र मन्त्रालयद्वारा लिपुलेक पासमार्फत भारत र चीनबीच पुनः सुरु भएको सीमाव्यापारसम्बन्धी टिप्पणीलाई ध्यानपूर्वक लिएको छ । भारत–चीनबीच लिपुलेकमार्फत सीमाव्यापार सन् १९५४ देखि सुरु भएको हो र दशकौँदेखि जारी छ । पछिल्ला वर्षहरूमा कोभिड र अन्य कारणले अवरुद्ध भए पनि अहिले सहमति भई पुनः सञ्चालनमा आएको हो ।’
उनले नेपालको दाबीलाई अस्वीकार गर्दै थपे, ‘जहाँसम्म भूमि (लिपुलेक) दाबीको कुरा छ, हाम्रो अडान स्पष्ट छ यस्ता दाबीहरू न त ऐतिहासिक तथ्यमा आधारित छन्, न त प्रमाणमा । कुनै पनि एकपक्षीय वा कृत्रिम रूपमा बढाइएका दाबीहरू भारतका लागि स्वीकार्य छैनन् ।’
लिपुलेक कि गुन्जी ? भारत–चीन सीमा सहमतिमा फेरि नेपाल बाइपास
यद्यपि उनले भारत नेपालसँग बाँकी रहेका सीमा–सम्बन्धी मुद्दाहरू कूटनीति र संवादमार्फत समाधान गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस