Techie IT
२०८२ माघ २९, बिहीबार

अमेरिकामा एच–वान र गोल्ड कार्ड भिसा शुल्कमा वृद्धि


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–वान भिसा आवेदन शुल्क वृद्धि गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। अब वार्षिक शुल्क १ लाख अमेरिकी डलर हुने भएको छ।

साथै, ट्रम्पले गोल्ड कार्ड भिसा कार्यक्रमको आदेशमा पनि हस्ताक्षर गरेका छन्। यस अन्तर्गत व्यक्तिगत आवेदनकर्ताले १० लाख अमेरिकी डलर र कम्पनीले २० लाख अमेरिकी डलर जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

एच–वान भिसा कार्यक्रम सन् १९९० देखि उत्कृष्ट कर्मचारीका लागि सञ्चालन हुँदै आएको हो। अहिलेसम्म सबैभन्दा धेरै भिसा भारतका नागरिकले पाएका छन्, दोस्रो स्थानमा चीनका छन्।

ट्रम्प प्रशासनले यो कदम नयाँ आप्रवासन नीति अनुसार अघि बढाएको हो। गैर–अमेरिकी नागरिक अमेरिकी नागरिकको रोजगारीमा प्रतिस्पर्धा गरिरहेको आरोपका कारण ट्रम्पले शुल्क वृद्धि गरेका छन्। उनले दाबी गरेका छन् कि यसपछि एच–वान भिसाका आवेदन कम हुनेछन्।

यूएस सिटिजनशिप एण्ड इमिग्रेशन सर्भिसको तथ्यांक अनुसार आगामी आर्थिक वर्षका लागि एच–वान भिसाको संख्या ३ लाख ५९ हजार मात्र रहनेछ, जुन गत चार वर्षको सबैभन्दा कम हो।

गत आर्थिक वर्षमा यसको सबैभन्दा बढी फाइदा अमेरिकी टेक कम्पनीहरू अमेजन, मेटा, टाटा, एप्पल र गुगलले पाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट