Techie IT
२०८३ श्रावण १, शुक्रबार

बगराम एयरबेस नफर्काए गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई बगराम एयरबेस अमेरिकालाई फिर्ता गर्न कडा चेतावनी दिएका छन्। अफगानिस्तानले सो एयरबेस अमेरिकालाई हस्तान्तरण नगरे गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको भनाइ छ।

“अफगानिस्तानले बगराम एयरबेस यसको निर्माता, अमेरिकालाई फिर्ता गरेन भने यो धेरै नराम्रो हुनेछ,” ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेखेका छन्।

यसअघि पनि ट्रम्पले बगराम एयरबेस पुनः कब्जा गर्ने इच्छा व्यक्त गर्दै आफ्ना नीति र रणनीतिहरू सार्वजनिक गरेका थिए। हालै बेलायत भ्रमणका क्रममा उनले आफ्नै सरकारले अफगानिस्तानमा बगराम एयरबेस पुनः प्राप्त गर्न खोजिरहेको खुलासा गरेका थिए।

ट्रम्पको यो चेतावनीलाई अफगान तालिबानले कडा प्रतिक्रिया दिएको छ। “इतिहासले देखाएको छ कि हाम्रो भूमिमा विदेशी सेनालाई कहिल्यै स्वीकार गरिएको छैन,” तालिबानले वक्तव्य जारी गर्दै जनाएको छ।

बगराम एयरबेस अफगानिस्तानमा अमेरिकी सैन्य उपस्थितिको मुख्य आधारस्थलका रूपमा परिचित रहँदै आएको छ। २०२१ मा अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएपछि सो बेस तालिबानको नियन्त्रणमा गएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट