हङकङमा कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्दा दुईको मृत्यु

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ।
बीबीसीले स्थानीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै जनाए अनुसार मृत्यु हुने दुवै जना विमानस्थलमा काम गर्ने ‘ग्राउन्ड स्टाफ’ (जमिनमा काम गर्ने कर्मचारी) हुन्।
विमान उनीहरू सवार सवारी साधनमा ठोक्किँदा दुर्घटना भएको र त्यसपछि विमान समुद्रमा चिप्लिएर खसेको बताइएको छ।
विमानमा सवार चालक दलका चार सदस्यको जीवितै उद्धार गरिएको छ र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
दुर्घटना स्थानीय समयअनुसार सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा भएको हो।
उक्त विमान एमिरेट्सको फ्लाइट ईके ९७८८ हो, जुन दुबईबाट हङकङतर्फ जाँदै थियो। विमान टर्कीको कार्गो एयरलाइन ‘एयर एसीटी’को बोइङ ७४७–४८१ मोडेल रहेको बीबीसीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस