Techie IT
२०८२ कार्तिक १३, बिहीबार

दक्षिण कोरियामा ट्रम्प–सी भेट: व्यापार व्यापार सम्झौता के होला?


Trump and Xi shake hands in Busan, South Korea, October 30, 2025. REUTERS/Evelyn Hockstein

दक्षिण कोरियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भेटघाट सुरु भएको छ। यो बैठक एसिया–प्यासिफिक आर्थिक सहकार्य (एपेक) शिखर सम्मेलनको साइडलाइनमा भइरहेको हो, जहाँ दुई नेताले मुख्यतया व्यापार सम्झौताको मुद्दामा छलफल गर्नेछन्।

भेट सुरु हुनुअघि ट्रम्पले छोटो टिप्पणी गर्दै यस बैठक सफल हुने विश्वास व्यक्त गरेका छन्। उनले भने, “दुई देशबिच सधैं राम्रो सम्बन्ध रहेको छ।”

त्यस्तै, सीले आफ्नो प्रारम्भिक टिप्पणीमा ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि उनीसँग तीन पटक कुरा भएको छ। सीले अमेरिकासँग मिलेर दुवै देश र विश्वको भलाइका लागि ठोस काम गर्न चाहेको बताए। उनले दोभाषेमार्फत भने, “मैले सार्वजनिक रूपमा धेरै पटक भनेको छु कि चीन र संयुक्त राज्य अमेरिका साझेदार र मित्र हुनुपर्छ। इतिहासले यही सिकाएको छ र वास्तविकताले पनि यही माग गर्छ।”

सीले विश्वले कठिन समस्याहरूको सामना गरिरहेका बेला चीन र अमेरिकाले प्रमुख देशहरूको रूपमा आफ्नो जिम्मेवारी संयुक्त रूपमा वहन गर्न सक्ने बताए।

ट्रम्पले बैठक अघि चीनसँग सम्झौता हुन सक्ने बताएका छन् । एक रिपोर्टरले आजै हस्ताक्षर हुने सम्भावना के छ भनि सोध्दा उनले भने, “हुन सक्छ। हाम्रो सबैसँग राम्रो समझदारी छ।”

पछिल्ला केही महिनामा अमेरिका र चीनको सम्बन्ध उतारचढावपूर्ण रहेको छ। गत मे महिनामा जवाफी ट्यारिफ रोक्न अस्थायी व्यापार युद्धविराम भएको थियो। अमेरिकाले चीनलाई उन्नत कम्प्युटिङ चिप्समा पहुँच सीमित गरेर प्रविधि विकासलाई नियन्त्रण गरिरहेको छ। यसको जवाफमा बेइजिङले दुर्लभ पृथ्वी खनिजको निर्यातमा नियन्त्रण कडा बनाएको थियो, जुन इलेक्ट्रोनिक्स, हरित ऊर्जा प्रविधि र सैन्य उपकरणमा प्रयोग हुन्छ। यससँगै चिनियाँ स्वामित्वको टिकटकको अमेरिका सञ्चालनको भविष्य पनि छलफलको एजेन्डामा रहेको छ।

बैठकमा दुवै पक्षबाट सात–सात जना सहभागी छन्। अमेरिकाबाट ट्रम्पसँगै विदेश मन्त्री मार्को रुबियो, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर, ट्रेजरी सचिव स्कट बेस्सेन्ट, वाणिज्य सचिव होवार्ड लट्नक, चीफ अफ स्टाफ सुसी वाइल्स र चीनका लागि अमेरिकी राजदूत डेविड पर्ड्यू छन्।

चीनको पक्षबाट सी जिनपिङसँगै चीफ अफ स्टाफ काई क्यूई, विदेश मन्त्री वाङ यी, उप–विदेश मन्त्री मा झाओक्सु, उप–प्रधानमन्त्री हे लिफेङ, वाणिज्य मन्त्री वाङ वेनताओ र राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ शानजी सहभागी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट