Techie IT
२०८२ कार्तिक २२, शनिबार

इजरायली प्रधानमन्त्री नेतन्याहुसहित ३७ जनामाथि गिरफ्तारी वारेन्ट जारी


इजरायली प्रधानमन्त्री नेतान्याहू

टर्किये (पूर्व टर्की) ले गाजा क्षेत्रमा ‘नरसंहार’ गरेको आरोपमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित उच्चपदस्थ अधिकारीहरू विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ।

सरकारले शुक्रबार वारेन्ट जारीको घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ। इस्तानबुल अभियोजक कार्यालयका अनुसार कुल ३७ जनाविरुद्ध वारेन्ट जारी गरिएको हो, यद्यपि सबैको नाम सार्वजनिक गरिएको छैन।

बीबीसीका अनुसार वारेन्ट जारी हुनेमध्ये इजरायलका रक्षामन्त्री इजराइल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गभिर र सेनाप्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिर पनि छन्।

टर्कियाले उनीहरूलाई ‘जनसंहार र मानवताविरुद्धका अपराध’ गरेको आरोप लगाएको छ। उसले इजरायलले गाजामा ‘व्यवस्थित रूपमा जनसंहार गरेको’ दाबी गरेको छ।

टर्कियाको यो कदमप्रति इजरायलले तीव्र आपत्ति जनाएको छ। इजरायलका विदेशमन्त्री गिदोन सारले आरोपलाई नकार्दै भनेका छन्, ‘यो तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको नयाँ प्रचारबाजी मात्र हो।’

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट