Techie IT
२०८२ मंसिर ९, मंगलबार

बल प्रयोग गरेर सीमा परिवर्तन गर्न सकिँदैन - राष्ट्रपति जेलेन्स्की


युक्रेनमा सम्भावित शान्ति समझौताका विषयमा कूटनीतिक स्तरमा व्यापक बहस भइरहेका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २८ बुँदे योजना भने युरोपेली मुलुकहरूबीच पूर्ण स्वीकार्य बनेको छैन।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँले प्रस्तावका कतिपय बुँदाले युक्रेनलाई आफ्नो भूभाग त्याग्न बाध्य तुल्याउने खतरा रहेको भन्दै चेतावनी दिएका छन्। उनका अनुसार युक्रेनले भूमि दिनुपरे रुसले फेरि आक्रमण दोहोर्याउने सम्भावना बलियो रहन्छ।

यसबीच, स्विडिस संसद्‌मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले शान्ति वार्तामा सबैभन्दा ठूलो चुनौती रुसको माग नै रहेको बताएका छन् । उनका अनुसार रुस युक्रेनबाट कब्जा गरिएका क्षेत्रहरूको कानुनी मान्यता चाहन्छ, जुन युक्रेनका लागि पूर्णरूपमा अस्वीकार्य छ।

जेलेन्स्कीले यस्तो मागले क्षेत्रीय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकताको सिद्धान्त तोडिने बताए। ‘बल प्रयोग गरेर सीमा परिवर्तन गर्न सकिँदैन,’ उनले भने।

सम्बोधनको अन्त्यमा उनले पश्चिमी मुलुकहरूलाई रुसमाथि दबाब बढाउन आग्रह गर्दै भने, ‘रुस अझै पनि मानिसहरूलाई मारिरहेको छ। दबाब कम गरियो भने उनीहरू झन् आक्रामक बन्छन्।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट