Techie IT
२०८२ चैत्र २९, आइतबार

इमरान खान जीवित रहेको प्रमाण माग्दै परिवार


पाकिस्तानका पूर्वप्रधानमन्त्री र तहरीक ए इन्साफ (पीटीआई) पार्टीका संस्थापक इमरान खानका छोराले सरकारसँग उनका जीवित रहेको प्रमाण माग गरेका छन्।

इमरानका छोरा कासिम खानले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत बताएका छन्, “हामी इमरान खान जिउँदो रहेको प्रमाण माग गर्दैछौं।”

७३ वर्षीय इमरान खान हाल रावलपिन्डीको जेलमा दुई वर्षभन्दा बढी समयदेखि बन्दी छन्। उनका परिवारका सदस्य, वकिल र पार्टीका प्रतिनिधिहरूलाई उनलाई भेट्न अनुमति दिइएको छैन। पछिल्ला केही हप्तादेखि इमरानलाई एकल ‘डेथ सेल’ मा राखिएको बताइएको छ।

कासिमले भने, “पछिल्ला ६ हप्तादेखि बुबा सँग कुनै सम्पर्क छैन, न फोन कल, न भेट। अदालतले भेट्न अनुमति दिएको भए पनि दिदीबहिनीहरूलाई पनि रोकिएको छ। यो पूर्ण रूपमा ब्ल्याकआउट हो र हाम्रो परिवारलाई जानकारी नदिन खोजिएको नियतपूर्ण प्रयास हो। सरकार र उनका ह्यान्डलरहरू बुबाको सुरक्षा र अमानवीय एकान्तवासका परिणामका लागि कानुनी, नैतिक र अन्तर्राष्ट्रिय रूपमा जिम्मेवार हुनुपर्नेछ।”

यसैबीच, पाकिस्तान तहरीक–ए–इन्साफका कार्यकर्ता, इमरानका दिदीबहिनी र खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले अदियाला जेल बाहिर धर्ना बसेर सरकारमाथि परिवारलाई भेट गराउन दबाब दिइरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट