भारतलाई पाकिस्तान सीडीएफ मुनिरको चेतावनी: आक्रमण भए कडा प्रतिक्रिया दिनेछौँ
पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनिरले भारतविरुद्ध कडा चेतावनी दिएका छन्।
देशका पहिलो चिफ अफ डिफेन्स फोर्सेज (सीडीएफ) भएका मुनिरलाई सोमबार पदभार ग्रहणपछि रावलपिन्डीमा आयोजित समारोहमा गार्ड अफ अनर प्रदान गरिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “भविष्यमा पाकिस्तानमाथि कुनै पनि प्रकारको आक्रमण भयो भने हाम्रो प्रतिक्रिया अझ छिटो र निकै गम्भीर हुनेछ।” उनले भारतलाई पनि पाकिस्तानबारे कुनै गलत आकलन नगर्न चेतावनी दिएका छन् ।
मुनिरले भने, “आधुनिक युद्ध साइबरस्पेस, इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रम, अन्तरिक्ष, सूचना युद्ध, एआई र क्वान्टम कम्प्युटिङजस्ता नयाँ क्षेत्रमा फैलिएको छ। सुरक्षाबलले यी चुनौतीअनुसार आफूलाई रूपान्तरण गर्न आवश्यक छ।”
उनका अनुसार पाकिस्तान एक शान्तिप्रिय राष्ट्र हो र इस्लामाबादको क्षेत्रीय अखण्डता तथा सार्वभौमिकतालाई चुनौती दिन कसैलाई पनि अनुमति दिइने छैन।
अपरेसन ‘सिन्दूर’ का क्रममा पाकिस्तानी सेना र नागरिकले देखाएको धैर्य र सहिष्णुताको उनले प्रशंसा गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस