Techie IT
२०८२ पौष ५, शनिबार

एपस्टीन अनुसन्धान: क्लिन्टन, ट्रम्पसहितका तस्बिर समेटिएका कागजात सार्वजनिक


अमेरिकी न्याय विभागले शुक्रबार राति जेफ्री एपस्टीनसँग सम्बन्धित अनुसन्धानका क्रममा करिब ३ लाख कागजात सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएका कागजातमा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, पप गायक माइकल ज्याक्सन, हलिउड अभिनेता क्रिस टकर तथा बेलायती राजकुमार एन्ड्रयूजस्ता चर्चित व्यक्तित्वका तस्बिरहरू पनि समावेश छन्।

केही तस्बिरमा बिल क्लिन्टन पोखरीमा पौडी खेलिरहेको तथा युवतीहरूसँग पार्टी गरिरहेको देखिन्छ। तर ती तस्बिरहरू कहाँ खिचिएका हुन् भन्नेबारे कागजातमा स्पष्ट उल्लेख छैन।

त्यसैगरी, एक तस्बिरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छ जना महिलासँग देखिएका छन्। ती महिलाहरूको अनुहार भने तस्बिरमा लुकाइएको छ।

एपस्टीन प्रकरणसँग सम्बन्धित धेरै कागजात यसअघि नै सार्वजनिक भइसकेका छन्। तीमध्ये सन् २०२१ मा गिस्लेन म्याक्सवेलविरुद्ध चलेको आपराधिक मुद्दासम्बन्धी विवरण, अमेरिकी न्याय मन्त्रालयका रिपोर्ट तथा विभिन्न दीवानी मुद्दाका कागजातहरू पनि रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट