Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

मदुरोविरुद्ध लागुऔषध र आतङ्कवादसम्बन्धी मुद्दा लगाइदै


राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले “भेनेजुएलाविरुद्ध ठूलो आकारको आक्रमण” गर्दै राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको बताएका छन्। ट्रम्पका अनुसार उनीहरूलाई देशबाहिर लगिएको छ।

तर, अमेरिकी पक्षले मदुरोलाई कसरी पक्राउ गरियो र कहाँ लगियो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन। अमेरिकी महान्यायाधिवक्ताले मदुरोविरुद्ध लागुऔषध र आतङ्कवादसम्बन्धी अभियोग घोषणा गरिसकेको छ।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले पनि राष्ट्रपति र प्रथम महिलाको अवस्थाबारे आफ्नो सरकारले कुनै जानकारी नपाएको बताएकी छन् । उनले दुवैको “तत्काल जीवनको प्रमाण” माग गरिएको बताइन्।

बीबीसीका अनुसार अमेरिकी सेनाको डेल्टा फोर्स (जो अमेरिकी शीर्ष प्रतिआतङ्कवाद सैनिक एकाइ)ले उनलाई पक्राउ गरेको थियो। पक्राउ पछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा थप कारबाही नहुने बताएका छन्।

रुपियोसँगको फोन वार्तापछि रिपब्लिकन सिनेटर माइक लीले पनि मदुरोको गिरफ्तारी पुष्टि गरेका छन्। सिनेटर लीका अनुसार अमेरिकी आक्रमणहरू विशेष रूपमा मदुरोलाई पक्राउ गर्ने टोलीको सुरक्षा सुनिश्चित गर्न गरिएका थिए। यसअघि कराकाससहित भेनेजुएलाका विभिन्न भागमा विस्फोट भएको जानकारी आएको थियो।

उक्त घटनापछि भेनेजुएलाको सरकारले अमेरिकी आक्रमणको विरोध गर्दै राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट