Techie IT
२०८२ पौष २४, बिहीबार

अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सको घरमा आक्रमण


अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सको ओहायो राज्यको सिनसिनाटीमा रहेको निजी निवासमा आक्रमण भएको छ ।

सीएनएनले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार भ्यान्सको घरका झ्यालहरू फुटाइएका छन् । घटनामा संलग्न एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ । स्थानीय समयअनुसार आइतबार राति करिब १२:१५ बजे भ्यान्सको घर नजिक एक व्यक्ति भाग्दै गरेको देखिएको थियो ।

अधिकारीहरूका अनुसार घटनाको समयमा उपराष्ट्रपति भ्यान्स र उनको परिवार घरमा उपस्थित थिएनन् । हिरासतमा लिइएको व्यक्ति घरभित्र प्रवेश गर्न भने सफल भएको थिएन ।

अनुसन्धान निकायहरूले यो आक्रमण जानाजानी जेडी भ्यान्स वा उनको परिवारलाई लक्षित गरी गरिएको हो वा अन्य कुनै कारण रहेको हो भन्नेबारे छानबिन गरिरहेका छन् ।

यस घटनाबारे जानकारी लिन सञ्चारमाध्यमहरूले ह्वाइट हाउस र अमेरिकी सेक्रेट सर्भिससँग सम्पर्क गरेका छन् । तर अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

जेडी भ्यान्स पछिल्लो एक हप्तादेखि सिनसिनाटीमै रहेका थिए । तर आइतबार दिउँसो उनी सहर छोडिसकेका थिए । उनले सो घर करिब १४ लाख अमेरिकी डलरमा खरिद गरेका हुन्, जुन करिब २.३ एकड क्षेत्रफलमा फैलिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट