Techie IT
२०८३ असार २३, मंगलबार

ट्रम्प र भेनेजुएलाकी विपक्षी नेता मचाडोबीच अर्को हप्ता भेट हुने


भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँग अर्को हप्ता वासिङ्टनमा भेटवार्ता हुने घोषणा गरेका छन्।

फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले मचाडो भेटका लागि अर्को हप्ता वासिङ्टन आउने जानकारी दिएका हुन्।

अमेरिकी राष्ट्रपति र मचाडोबीच हुन लागेको यो पहिलो भेट अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरी न्यूयोर्क ल्याएर लागूऔषध तथा हतियारसम्बन्धी अभियोगमा मुद्दा चलाउने प्रक्रिया अघि बढाएको एक हप्ता पछि तय भएको हो। गत हप्ता ट्रम्पले मचाडोलाई भेनेजुएलाको नेतृत्व गर्ने पर्याप्त सामर्थ्य नभएको टिप्पणी गर्दै अमेरिका भेनेजुएलामाथि वर्षौंसम्म नियन्त्रण कायम राख्न सक्ने सुझाव दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ।

फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भेनेजुएला हाल अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको र तत्काल नयाँ चुनाव गराउने अवस्थामा नरहेको दाबी गरेका छन्।

यस्तै, मचाडोले आफूले पाउने नोबेल पुरस्कार ट्रम्पसँग बाँड्न प्रस्ताव गरेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले यसलाई आफ्नो जीवनकै सबैभन्दा ठूलो सम्मान हुने प्रतिक्रिया दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट