Techie IT
२०८२ माघ ४, आइतबार

अमेरिकीको हत्यामा संलग्न अल–कायदाका नेता मारिए


सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहसँग प्रत्यक्ष सम्बन्ध रहेको अल–कायदाका एक नेता मारिएका छन्। ती नेता सिरियामा तीन अमेरिकी नागरिकलाई लक्षित गरी गरिएको एम्बुसका लागि जिम्मेवार रहेको अमेरिकी दाबी छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार शुक्रबार उत्तरपश्चिम सिरियामा भएको आक्रमणमा बिलाल हसन अल–जसिम मारिएका हुन्। सेन्टकमले जारी गरेको विज्ञप्तिमा उनी अमेरिकी तथा सिरियाली कर्मचारीहरूलाई मार्ने र घाइते बनाउने आईएस समूहका बन्दुकधारीहरूसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख छ। यद्यपि, अमेरिकी दाबीलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गरेको छैन।

अमेरिकी नागरिक र लडाकुहरूमाथि आक्रमण गर्ने, षड्यन्त्र रच्ने वा त्यस्ता आक्रमणलाई प्रेरित गर्नेहरूका लागि कुनै पनि स्थान सुरक्षित नहुने सेन्टकमका कमान्डर एडम ब्राड कूपरले बताएका छन्। सन् २०२५ डिसेम्बर १३ मा मध्य सिरियाको पालमिरामा तीन अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकाले सिरियामा आईएसका ठेगानाहरूलाई लक्षित गर्दै व्यापक आक्रमण तीव्र पारेको हो।

यस सैन्य अपरेसनलाई ‘हकआई स्ट्राइक’ नाम दिइएको छ। सेन्टकमका अनुसार यस अभियानअन्तर्गत हालसम्म २०० भन्दा बढी सटिक हतियार प्रयोग गरी आईएसका १०० भन्दा बढी पूर्वाधार र हतियार भण्डारण केन्द्रलाई निशाना बनाइएको छ।

यसै महिनाको सुरुवातमा सेन्टकमले डिसेम्बर २० देखि २९ बीच सञ्चालन गरिएका ११ वटा अभियानमा आईएस समूहका करिब २५ सदस्य मारिएको वा पक्राउ परेको जानकारी दिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट