Techie IT
२०८२ चैत्र ९, सोमबार

ट्रम्पको ‘आक्रमण रोक्ने’ घोषणापछि तेल बजारमा हलचल: कच्चा तेल १३% ले घट्यो


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। इरानसँग वार्ता भइरहेको भन्दै उनले पाँच दिनसम्म आक्रमण नगर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब १३ प्रतिशतले घटेको हो।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा सबै ठूला अक्षरमा पोस्ट गर्दै अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा ‘पूर्ण र समग्र समाधान’ का लागि सकारात्मक र फलदायी वार्ता भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “यी गहन, विस्तृत र रचनात्मक वार्ताको स्वर र उद्देश्यलाई ध्यानमा राख्दै, मैले युद्ध विभागलाई इरानका ऊर्जा केन्द्र र पूर्वाधारमाथि हुने सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु।”

ट्रम्पका अनुसार आगामी केही दिनसम्म वार्ता जारी रहनेछ र त्यसको सफलतामा निर्भर गर्दै आगामी कदम तय गरिनेछ।

यस घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घटेर प्रतिव्यारेल ९६ डलरमा झरेको छ। त्यस्तै, ग्यासको मूल्य पनि १५९ पेन्स प्रतिथर्मबाट घटेर १३९ पेन्समा पुगेको विविसीले जनाएको छ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा तनाव कम हुने संकेत देखिएपछि ऊर्जा बजारमा दबाब घटेको र त्यसकै प्रभावस्वरूप तेल तथा ग्यासको मूल्य ओरालो लागेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट