Techie IT
२०८३ असार १६, मंगलबार

इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी घोषणा: चीनसमेत प्रभावित हुने संकेत


अमेरिकाले स्ट्रेट अफ हर्मुज लगायत इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सोमबार बिहानदेखि उक्त नाकाबन्दी सुरु गरिने जानकारी दिएको हो । यसले इरानसँगै चीनसमेत प्रभावित हुने संकेत देखिएको छ।

सेन्टकमका अनुसार इरानी बन्दरगाह तथा तटीय क्षेत्रहरूमा प्रवेश गर्ने वा त्यहाँबाट बाहिरिने सबै देशका जहाजहरूमाथि समान रूपमा नाकाबन्दी लागू गरिनेछ। राष्ट्रपतिको निर्देशनअनुसार इरानतर्फ हुने समुद्री आवागमनलाई नियन्त्रण गरिने उल्लेख गरिएको छ।

अरबी खाडी र ओमान आसपासका इरानी बन्दरगाह तथा तटरेखा प्रयोग गर्ने अन्तर्राष्ट्रिय जहाजहरू पनि यस निर्णयबाट प्रभावित हुने बताइएको छ। तथापि, सेन्टकमले हर्मुज जलडमरूमार्फत गैर–इरानी बन्दरगाहतर्फ जाने जहाजहरूको नेभिगेसन स्वतन्त्रतामा बाधा नपुग्ने स्पष्ट पारेको छ।

यसअघि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत हर्मुज जलडमरू हुँदै गुज्रने जहाजहरूलाई रोक लगाउने संकेत दिएका थिए।

यो कदमसँगै वासिङ्टनले इरान र चीनप्रति आफ्नो कूटनीतिक तथा रणनीतिक अडान थप कडा बनाएको रूपमा विश्लेषण गरिएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट