इरानलाई हतियार नदिन सीलाई ट्रम्पको पत्र, कस्तो सहयोगको दाबीले तनाव चर्कियो ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार आपूर्ति नगर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सिजिङपिङ लाई पत्र पठाएको खुलासा गरेका छन्।
मंगलबार फक्स न्युज लाई दिएको अन्तर्वार्तामा ट्रम्पले उक्त जानकारी दिँदै सीले जवाफमा इरानलाई हतियार नदिएको दाबी गरेको बताएका छन्। “मैले उनलाई त्यसो नगर्न आग्रह गर्दै पत्र लेखेँको थिए तर उनले पनि आफूले त्यसो नगरेको जवाफ दिएका छन्,” ट्रम्पले भने।
यद्यपि, अमेरिकी खुफिया स्रोतहरूलाई उद्धृत गर्दै केही समयदेखि चीनले इरानलाई हतियार पठाउन सक्ने खबरहरू सार्वजनिक हुँदै आएका छन्। यसअघि पनि ट्रम्पले चीनलाई इरानलाई हतियार नदिन चेतावनी दिएका थिए।
रिपोर्टहरूका अनुसार चीनले काँधबाट प्रहार गर्न मिल्ने मिसाइल तथा ‘एयर डिफेन्स’ प्रणालीसँग सम्बन्धित हतियार इरान पठाउने तयारी गरेको दाबी गरिएको थियो। यस विषयमा सिएनएनले सोध्दा ट्रम्पले “यदि चीनले त्यसो गरेको हो भने त्यसले चीनका लागि ठूलो समस्या निम्त्याउनेछ” भन्दै कडा प्रतिक्रिया दिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस