Techie IT
२०८३ वैशाख १५, मंगलबार

अमेरिका–इजरायल तनावबीच इरानलाई रुसको खुला समर्थन


अमेरिका–इजरायलसँगको बढ्दो तनावका बीच इरानलाई रुसको कूटनीतिक समर्थन निरन्तर रहने संकेत रुसले दिएको छ। सोमबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भलादमिर पुटिन र इरानका विदेशमन्त्री अब्बास बीच भएको भेटवार्तामा पुटिनले पश्चिम एसियामा शान्ति स्थापना गर्न हरसम्भव पहल गर्ने आश्वासन दिएका छन्।

क्रेमलिनका अधिकारीहरूका अनुसार उक्त भेटमा पुटिनले इरानी जनताको प्रशंसा गर्दै आफ्नो सार्वभौमिकताको रक्षा गर्न देखाएको साहसको सराहना गरेका थिए। उनले मध्यपूर्व क्षेत्रमा स्थायित्व कायम गर्न रुसले इरान तथा अन्य सम्बन्धित देशहरूको हितमा सक्दो प्रयास गर्ने पनि बताएका छन्।

इरानी विदेशमन्त्री अराघचीले भने वर्तमान युद्ध, क्षेत्रीय तनाव वा अन्तर्राष्ट्रिय दबाबका बाबजुद इरान–रुस सम्बन्ध अझ सुदृढ हुने स्पष्ट पारे। उनले दुई देशबीचको सम्बन्ध रणनीतिक साझेदारीको उच्चतम तहमा पुगेको दाबी गरे।

रुस र इरानबीच ऊर्जा, रक्षा तथा क्षेत्रीय मामिलामा सहकार्य तीव्र गतिमा बढिरहेको छ। गत वर्ष दुई देशले दीर्घकालीन रणनीतिक साझेदारीसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका थिए।

यसैबीच, इरानले संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रण कडा बनाउने संकेत दिएको छ। इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इभ्राम अजिजले सशस्त्र बलले उक्त जलडमरूमध्यको निगरानी कडा पार्दै ‘शत्रु पक्षका जहाज’लाई आवागमनमा रोक लगाउने प्रयास भइरहेको बताएका छन्।

प्रस्तावित कानुनअनुसार यस जलमार्गबाट हुने आम्दानी स्थानीय मुद्रा ‘रियल’मा भुक्तानी गर्नुपर्ने व्यवस्था गरिने प्रस्ताव अघि सारिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट