Techie IT
२०८३ वैशाख ३०, बुधबार

रूस–युक्रेन युद्ध अन्त्यतिर रहको पुटिनको दाबी


रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस–युक्रेन युद्ध अन्त्यतिर पुगेको दाबी गरेका छन्।

मस्कोमा आयोजित विजय दिवसको समारोहपछि शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले चार वर्षदेखि जारी युद्ध अब अन्त्यको चरणमा पुगेको संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

“यो विषय अब अन्त्यतिर पुगेको जस्तो लाग्छ,” पुटिनले पत्रकारहरूसँग भने। उनले युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इमानदार प्रयास गरिरहेको पनि बताएका छन्।

“अमेरिकी राष्ट्रपतिले इमानदारिताका साथ प्रयत्न गरिरहनुभएको छ। मे ९ देखि ११ सम्मको युद्धविराम र युद्धबन्दी आदानप्रदानको प्रस्तावलाई पनि हामीले तत्काल स्वीकार गरेका थियौं,” पुटिनको भनाइ थियो।

विजय दिवसका अवसरमा ट्रम्पसँग टेलिफोन संवाद भएको र त्यो निकै सौहार्दपूर्ण रहेको पुटिनले बताएका छन् । यद्यपि, रूसले मे ५ मै युक्रेनलाई ५०० युद्धबन्दी साटासाटको प्रस्ताव पठाएको भए पनि किएभबाट कुनै प्रतिक्रिया नआएको पुटिनले दाबी गरे। उनले युक्रेनले युद्धविराम घोषणाप्रति पनि प्रतिक्रिया नदिएको आरोप लगाए।

शनिबारदेखि सोमबारसम्म लागू गरिएको युद्धविराम अवधिमा भने मस्को वा किएभ दुवै पक्षबाट उल्लंघन भएको कुनै आधिकारिक रिपोर्ट सार्वजनिक भएको छैन। पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँगको भेटवार्ताबाट आफू नभागेको स्पष्ट पार्दै, भेट अन्तिम शान्ति सम्झौतामा हस्ताक्षरका लागि मात्र भेट हुनुपर्ने बताएका छन्।

“जो भेट्न चाहन्छ, मस्को आउन सक्छ,” पुटिनले भने। उनले तेस्रो मुलुकमा पनि भेटवार्ता गर्न आफू तयार रहेको उल्लेख गर्दै भने "जेलेन्स्की जुन देशमा भन्छन्, त्यही देशमा भेट्न तयार छु। तर त्यो अन्तिम सम्झौतामा हस्ताक्षरका लागि हुनुपर्छ ।” 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट