Techie IT
२०८३ असोज ८, बिहीबार

इरानसँग सम्झौता हुनै लाग्दा ड्रोन हमला भएको ट्रम्पको दाबी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सम्झौता हुनै लागेका बेला इरानले एउटा जहाजमाथि ड्रोन आक्रमण गरेको दाबी गरेका छन्।

सीएनएनसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘इरान हाम्रो लगभग सबै प्रस्ताव स्वीकार गर्न तयार भइसकेको थियो। तर त्यसको करिब दुई घण्टापछि उनीहरूले एउटा जहाजमाथि ड्रोन आक्रमण गरे।’

इरानी नेतृत्वको आलोचना गर्दै उनले भने, "यी मानिसहरूमा केही न केही समस्या छ।" आक्रमणपछि अमेरिकाले गरेको सैन्य कारबाहीबारे ट्रम्पले भने, ‘हामीले उनीहरूमाथि निकै कडा प्रहार गर्‍यौँ।’

यसअघि अमेरिकाले हर्मुज जलडमरूमध्य (हर्मुज स्ट्रेट)मा एक व्यापारिक जहाजमाथि इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)ले गरेको आक्रमणको जवाफस्वरूप इरानका १४० सैन्य ठेगानामा आक्रमण गरेको दाबी गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट