Techie IT
२०८३ श्रावण ३, आइतबार

युक्रेन युद्धकै बीच मस्कोमा उत्तर कोरियाली विदेशमन्त्री: के नयाँ सैन्य रणनीतिको तयारी हुदैछ?


उत्तर कोरियाली विदेशमन्त्री चोई सोन हुई शनिबार रुसको राजधानी मस्को पुगेकी छन्। रुसी समकक्षी सर्गेइ लाभरोभको औपचारिक निमन्त्रणामा उनी ‘जुलाई १८ मा रुसी सङ्घको औपचारिक भ्रमण’ का लागि मस्को आएकी हुन्। भ्रमणका क्रममा चोईले विदेशमन्त्री लाभरोभसँग द्विपक्षीय वार्ता गर्ने रुसी विदेश मन्त्रालयले जनाएको छ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता प्योङयाङ र मस्कोबीचको सम्बन्ध अभूतपूर्व रूपमा मजबुत बन्दै गएको छ।

सन् २०२४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङ भ्रमणका क्रममा दुई देशबीच ऐतिहासिक रक्षा सम्झौता भएको थियो। सोही सम्झौताअनुरूप उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई सहयोग गर्न ठुलो मात्रामा मिसाइल, गोलीगठ्ठा र हजारौँ सैनिकसमेत परिचालन गरिसकेको छ।

कूटनीतिक रूपमा एक्लिएको उत्तर कोरियालाई मस्कोले यसको बदलामा आर्थिक सहायता, आधुनिक सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा उपलब्ध गराइरहेको छ । यसअघि गत अप्रिलमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रुसलाई युद्ध जिताउन हरसंभव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यसलगत्तै, रुसी रक्षा मन्त्री आन्द्रेई बेलौसोभसहितको उच्चस्तरीय टोलीले प्योङयाङको भ्रमण गरी सैन्य सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा गहन छलफल गरेको थियो। सो अवसरमा रक्षा मन्त्री बेलौसोभले मस्को सन् २०२७ देखि २०३१ सम्मको दीर्घकालीन सहकार्य योजना विस्तार गर्न पूर्ण रूपमा तयार रहेको बताएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट