Techie IT
२०८२ वैशाख १९, शुक्रबार

दक्षिण कोरियाका अर्थमन्त्री चोइद्वारा मन्त्री पदबाट राजीनामा


South Korea Finance Minister Choi Sang-mok

दक्षिण कोरियाका अर्थमन्त्री चोइ साङ मोकले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन् । 

कार्यवाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजिनामा दिने तयारी भएको र उनको स्थानमा चोइले कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिने तयारी भइरहेका समयमा उनको अकस्मात मन्त्री पदबाट राजीनामा आएको हो ।

उनले अर्थमन्त्रीका रूपमा दिएको राजीनामा सरकारले स्वीकृत गरेको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चोईको राजीनामा स्वीकृत भएको छ ।”

कार्यवाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजिनामा दिने तयारी भएको र उनको स्थानमा चोइले औपचारिक रूपमा राजीनामा दिने कार्यक्रम रहेको थियो ।

चोईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गम्भीर आर्थिक परिस्थितिका बीच आफ्नो कर्तव्य पूरा गर्न कठिन भएकाले म आफ्नो पदबाट राजीनामा दिएको छु । तोकिएको जिम्मेवारीलाई निरन्तरता दिन नसकेकोमा म यसका लागि क्षमा प्रार्थी छु ।”

देशको सर्वोच्च अदालतले राष्ट्रपतिका प्रत्यासी ली जे–म्युङलाई निर्वाचन कानुन उल्लङ्घन गरेको अभियोगमा दोषी नठहर्‍याएपछि विपक्षी सांसदहरूले चोइविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि उनले राजीनामा दिएका हुन् । 

हानले चोईको चोईको राजीनामा स्वीकृत गरेपछि चोइविरूद्धको महाभियोगको प्रस्तावमाथिको मतदान रोकिएको छ । “चोईको राजिनामाको सूचना आइसकेको छ। हामी महाभियोगको मतदान स्थगित गर्दैछौं,” नेसनल एसेम्बलीका सभामुख वू वोन–सिकले भने ।

गत डिसेम्बरमा पूर्व राष्ट्रपति युन सुक योलले सैनिक शासनको घोषणा गरेपछि दक्षिण कोरियामा छाएको राजनीतिक अनिश्चितताबीच अर्थमन्त्री चोईको राजीनामाले देशमा थप राजनीतिक अनिश्चितता आएको छ ।

मध्यरातमा हानले पदबाट राजीनामा दिएपछि कार्यवाहक राष्ट्रपति चोईलाई उनको जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो ।उनको राजीनामासँगै अब नेतृत्व शिक्षामन्त्री ली जु–होको काँधमा आएको छ । उनलाई जुन ३ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि चुनावी प्रक्रियाको व्यवस्थापनको जिम्मेवारी दिइनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट