लामो रस्साकस्सी र विवादपछि कोशी प्रदेशसभाले सर्वसम्मत रूपमा आफ्नै नयाँ 'प्रदेशसभा नियमावली' पारित गरेको छ। २०७९ सालको चुनावबाट निर्वाचित दोस्रो कार्यकालको प्रदेशसभा अहिलेसम्म पहिलो कार्यकाल (२०७४) कै नियमावलीबाट सञ्चालन हुँदै आएकोमा अब आफ्नै नयाँ नियमावली पाएको हो।नियमावली मस्यौदा समितिका सभापत�...