साँखुमा यात्रुबाहक बस दुर्घटना
साँखु क्षेत्रमा यात्रुबाहक बस दुर्घटनामा परेको छ।
काठमाडौंको शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकखण्डमा जर्सिङ पौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार बुधबार साँझ करिब ५ः४५ बजे उक्त दुर्घटना भएको हो।
दुर्घटनापछि घटनास्थलबाट सबै यात्रुको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण, घाइतेको संख्या तथा उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस